३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन गरेको छ: प्रेम सुवाल



अ+ अ-

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको भन्दै शिक्षा विधेयकको बिरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुन: स्थापित गर्नेकुरा संघीयता बिरोधी भएको बताउनु भयो । उहाँले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन् । शिक्षा विधेयकको बिरोधको नाममा सडक अवरोध भएको छ । विधेयकमा केही विषय आपत्ति जनक भनेको छ । जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुन: स्थापित गर्ने यो संघीयता बिरोधी भयो भनेर आएको छ । राजनीति गर्न नपाइने भन्ने लेखेको छ । राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने । भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो । अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति हो । शिक्षकले त्यति पनि बोल्न नपाउने भए यो विधेयक ब्यालेन्स भएन । त्यसकारण यो संघीयता बिरोधी भयो । अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो ।’

सांसद सुवालले शिक्षकहरुले भ्रष्टाचार गर्नु हुँदैन, अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्नेकुरा पनि राजनीति भएको बताउनु भयो ।