२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो: वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संस्कृति नीति बनाउन समितिले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले धरानका जस्ता घटनाहरु नेपालमा बढीरहेको भन्दै प्रश्न उठिसकेपछि सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सनातन धर्मका बारेमा एकले एकथोक र अर्कोले अर्कोथोक भनिरहेको छ । त्यसलाई कसरी प्रयोग गर्छौं त । यो खालको कुरा नीति नभएको देखिन्छ, नेपाल सरकारको । एउटा निर्देशन जरुरी छ । धर्मनिरपेक्षतामा कस्तो नीति हुन्छ भन्नेकुरामा जोड दिनुपर्छ । धरानजस्ता घटना बढेर गएका छन् ।’

‘एउटा मन्दिर बनायो, धर्म मान्नेका लागि आस्थाको केन्द्र भयो, नमान्नेका लागि सांस्कृतिक सम्पदा हुँदो रहेछ । सांस्कृतिक सम्पदाको नीति के हुन्छ ? धार्मिक केन्द्रमाथिको नीति के हुन्छ ? प्रश्न उठेपछि राज्यले सम्बोधन गर्नुपर्छ । अलिखित मान्यता थियो तर अब समयको मागले लिखित माग गर्दै गइएको छ । आज नयाँ ढंगले व्यवस्थित गर्नुपर्छ । त्यसैले हामीलाई संस्कृति नीति जरुरी देखिन्छ । नीति बनाउन निर्देशन दिनुपर्ने देखिन्छ । धर्म निरपेक्ष सम्बन्धी र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुस् भन्नुपर्ने हुन्छ ।’

सांसद पुनले धर्म निरपेक्ष सम्बन्धी नीति र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुपर्ने पनि बताउनु भयो ।