३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्‍यो



अ+ अ-

काठमाडौँ । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भनेपनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो ।

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु छलफलका लागि सिंहदरबार पुगेका थिए । तर आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको थियो ।

छलफलपछि कानूनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षम पुग्ने बताउनुभएको थियो । तर दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो । उहाँले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुवै पक्ष आन्तरिक तयारीमा छ । वार्ताले आकार लिएको छैन । हामी आन्दोलन परिचालन समितिको बैठक बस्छौँ । वार्ता समिति बनाउँछौँ । यताबाट वार्ता समिति बनेको छ । आन्तरिक गृहकार्यमा जान्छौँ । सरकार पनि आन्तरिक गृहकार्यमा छ । त्यसपछि औपचारिक संवाद शुरु हुन्छ । आन्दोलन जारी छ ।’

उहाँले वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन भने जारी रहने बताउनु भयो ।