१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लाग्नुभएको छ ।

नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्राँै संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लाग्नुभएको हो ।

सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनुहुने छ । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहनुहुने निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।

नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य सङ्गठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ । रासस