३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’



तस्बिर: मेयर बालेन शाहको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षक आन्दोलनको क्रममा बानेश्वरको दुवो र बाटेविरुवा माडिएपछि व्याङगात्मक शैलीमा कविता लेखेका छन् ।

बालबालिकालाई बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरुले नै बोटविरुवामा क्षति गरेपछि बालेनले महाकवि लक्ष्मीप्रसाद देबकोटाको कविता लेख्दै व्यङ्ग्य गरेका हुन् ।

बानेश्वरको दुवो माडिएको फोटो शेयर गर्दै बालेनले लेखेका छन्, ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ ।’

देशभरीबाट राजधानि केन्द्रत रहेर प्रदर्शन गरिरहेका शिक्षकहरुले माइतीघर बानेश्वर सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् । साथै उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोहरु लछारपछार भएका छन् ।