५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने



अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको तर्फबाट शिक्षकहरुसँग वार्ता गर्ने बताएका छन् ।

बिहिबार कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर गृहमन्त्रीलाई जिम्मेवारी दिएको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरुसँग दोस्रो चरणको वार्ता आजै बेलुका हुने बताएका छन् । उनले वार्तामा अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्ने गरी छलफल हुने बताए ।

शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने र सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने उनको भनाइ छ ।