२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा शान्ति स्थापना आजको आवश्यकता– पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति विश्वको साझा चाहना भएको बताउनुभएको छ ।

विश्व शान्ति दिवसका अवसरमा शुभकामना दिँदै उहाँले शान्ति हरेक देशको विकासको आधार समेत भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “शान्ति र स्थिरताविना कुनै पनि मुलुकले विकास र समृद्धि हासिल गर्न सक्दैन ।

आज विकासको नाममा भइरहेको प्रकृतिको अनावश्यक दोहन तथा स्रोत–साधन, शक्ति र सत्ताका लागि भइरहेको छिनाझपटीका कारण आज विश्वमा अशान्ति बढ्दै गइरहेको छ ।”

विविध चुनौतिहरूका बाबजुद आजको आवश्यकता विश्वमा शान्ति स्थापना गर्नु हो भन्दै उहाँले यसका लागि प्रत्येक व्यक्ति, परिवार, समाज र राज्यका साथै अन्तर्राष्ट्रिय संघ(संस्था सबैको संयुक्त पहलकदमी आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।