• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सरकारले सार्थक संवाद गर्ने हैसियत गुमाएको हो ? विष्णु पौडेल



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विद्यालय शिक्षा विधेयकलाई लिएर आन्लोलनरत शिक्षकहरुसँग सार्थक संवाद नगरेकामा सरकारको आलोचना गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग प्रश्न गर्नुभएको छ, “सरकारले आन्दोलनरत शिक्षक समुदायसँग सार्थक संवाद गर्ने र संवादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो ? वार्ताका लागि सरकारले गरेको आह्वान अरण्य रोदन सावित भएकै हो ?”

उपाध्यक्ष पौडेलले कानून निर्माण गर्नुपूर्व सम्बन्धित समुदायलाई विश्वासमा लिने न्यूनतम कर्तव्य निर्वाह नगर्दा हुने त यस्तै नै हो भन्दै सहमति र समाधान खोज्ने संकल्पका साथ सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनुभएको छ ।