२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम समुदायलाई राजनीतिक अधिकारका लागि उपयोग मात्र गरियो– ताज मोहम्मद मिया



अ+ अ-

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले राजनीतिक अभियानमा मुस्लिम समुदायलाई उपयोग मात्र गरिएको तर अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

“फेरि मुस्लिम समुदाय अधिकारका लागि उठ्नु पर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । नेपाली मुस्लिम समुदाय धार्मिक सहिष्णुता ,सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाधीन देश नेपालको अभियानमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पुनः उठ्नु पर्ने जनाउनुभयो । हिजो जुनसुकै आन्दोलनमा यो समुदायले आफ्नो ज्यानको आहुती समेत दिन पछि नपरेको उल्लेख गर्दै उहाँले देशप्रति दायित्व पूरा गर्न कुर्बानीसमेत दिएको ज्वलन्त प्रमाण ताजै रहेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष मियाले मुस्लिम समुदायको सम्मानसहित जिउन र संवैधानिक अधिकारको व्यवहारमा प्रयोग सुनिश्चित गर्न एकचोटि आफ्नो लागि उठ्नु पर्ने अवस्था आएको जनाउनुभयो ।

उहाँले नेपाल र नेपालीको भलो नचाहने उग्र तत्व र विदेशीको आँखामा घरीघरी बिजाउने र मुस्लिम समुदायको हत्यासमेत हुने गरेको स्मरण गर्नुभयो । उहाँले नेपाली मुस्लिम समुदाय बिनाबर्दीको सेना भएको उल्लेख गर्दै राष्ट्रवादको विषयमा पटक पटक परीक्षा दिनुपरेको गुनासो गर्नुभयो ।