२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिमुरको उत्पादनमा कमी



अ+ अ-

दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।

जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको थियो । बिक्री गरी रु तीन लाख २० हजार राजस्व सङ्कलन भएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार नौ सय छ किलो बिक्री हुँदा रु एक लाख ४५ हजार मात्रै राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय किलो तेजपात, तीन हजार किलो अमला, ४३ हजार १० किलो रिठा, एक हजार पाँच सय किलो बार्रो, लहरे गुर्जो दुई हजार पाँच सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार किलो बिक्री भएको छ भने निजी वनबाट आव २०७९/८० मा बर्रो पाँच सय किलो, लहरे गुर्जो दुई हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्राज पाँच/पाँच सय किलो, दुधे–लहरा एक हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो, चुत्रोको बोक्राका सात हजार सात सय किलो, दालचिनी तीन हजार किलो, टटेलोको बोक्रा चार हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ ।

निजी वनबाट आव २०७८/७९ मा २७ हजार चार सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागँेडी ५५ हजार दुई सय किलो, तिगेडी, चुत्रो र कालीकाठ एक हजार किलो, पाषणवेद एक हजार छ सय किलो, अमलावेद छ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९/८० मा दालचिनीको बोक्रा सात हजार एक सय ४५ किलो, मालागेँडी १३ हजार पाँच सय, काउलो बोक्रा ४३ हजार नौ सय ९५किलो, अमला फल एक हजार किलो, तिगेडी पाँच हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भन्नुभयो, “जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।”

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ । रासस