१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

रंगको पर्वमा कलाकारहरुको कुचीले उतारेको क्यानभास (फोटो/भिडियो )

रंगको पर्वमा कलाकारहरुको कुचीले उतारेको क्यानभास  (फोटो/भिडियो )
अ अ+ अ-

काठमाडौ । रङ पोखेर छ्यापेर मात्र हैन त्यहि रङले  चित्र कोरेर पनि रङको पर्व फागु मनाउन सकिन्छ । स्पेक्ट्रम कला संस्थाले ललितकलाका चारै विधा (चित्रकला, नाट्य, संगीत र साहित्य)का क्षेत्रका क्रियाशिल व्यक्तित्वलाई फागुको अबसरमा एकै स्थानमा जुटाई चित्रकला सृजना गरेका छन् ।

आफ्नो कला यात्राको क्रममा विगत ८ वर्ष देखि निरन्तर रुपमा रंगहरुको चाड फागु पर्वको अवसरमा विशेष चित्रकला कार्यशालाको आयोजना गर्दै आएको स्पेक्ट्रम कला संस्थाले काठमाडौको तारकेश्वरमा फागु विशेष चित्रकला कार्यशाला गरेको हो ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा बरिष्ठ कलाकार श्री के. के. कमाचार्य सहित कलाकारहरु ईन्द्र श्रेष्ठ, रामकृष्ण थापा, ईशान परियार, सविता डंगोल, दिपक महर्जन, निशा श्रेष्ठ, दल बहादुर राई, महेश आचार्य, रमेश कुंवर, ईन्द्र खत्री, विष्णु चौधरी र चन्द्र ब. महर्जनले चित्रकला कार्यशालामा सहभागी भै बिभिन्न चित्रहरु बनाए ।

उहाँहरुको मात्र होईन फरक क्षेत्रका स्थापित व्यक्तित्वहरु वरिष्ठ कलाकार तथा निर्देशक सन्तोष पन्त र वरिष्ठ शास्त्रीय संगीतज्ञ चण्डि प्रसाद काफ्ले ,बरिष्ठ साहित्यकार  डा. राम प्रसाद ज्ञवालीले समेत क्यानभासमा चित्रकला मार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नुभयो । कलाकारहरुले फरक परिबेश फरक दृष्टिमा क्यानभासमा चित्रकला उतारे ।

२०५९ सालमा स्थापना स्पेक्ट्रमले देशका विभिन्न स्थानमा निरन्तर कलाका विविध कार्यक्रम गर्दै आएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के कर्माचार्यले विभिन्न फरक फरक विधाका कलाकारहरुले रंङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताउनु भयो । उहाँले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने बताउनु भयो । नित्य विधालाई रंगकर्मी नभएर मञ्चकर्मी भन्न मिल्ने कमार्चायको भनाई छ ।

उहाँले भन्नुभयो,‘ आज भएको कार्यक्रम विशेष छ । कलाकारहरु जम्मा भएर रङगको पर्व बनाउने कार्य हुँदै आएको हो । यो वर्ष साहित्य ,संगीत , हास्य विधाका कलाकारहरुको कलाकृति सृजना गर्नुभयो। यो कार्य एतिहासिक भन्ने गरको छु । धेरै विधाका कलाकारहरुले राम्रो कलाकृति बनाउनु भयो । रङकर्मी भनेको हामीले नित्यसँग सम्बन्धित भन्छौं । रङकर्मी भनेर ललितकला कर्मीलाई भन्नुपर्छ । जनु नित्य क्षेत्रका कलाकर्मीहरुलाई मञ्चकर्मी भन्न सुहाउँछ । आज कलाकारहरुले रङलाई खेलेर विभिन्न कलाकृतिहरुको सृजना गर्नु भयो । त्यसले होली मनाउने परम्परा छ । फरक ढङगले मनाएको महशुस भयो । आज जसरी हामीले अगाडि बढयौं । आगामी दिनमा अझ ननप्रोफेसलन कलाकारहरुलाई बढी सहभागी गराएर माहोल कलामय बनाउन सकिने देखे मैले । चित्रकार भएकाले गाउँकला मय, देशै कलामय होस भन्ने चाहाना हाम्रो रहेको छ । 

कर्माचार्यले होलीलाई रंङसँग झुमेर मात्रै नभएर रंङकै कलाकृति बनाएर पनि मनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो । उहाँले रंङ दलेर मनाउने फागु पर्व फरक ढङगले पनि मनाउन सकिने बताउनु भयो । त्यस्तै, बरिष्ठ साहित्कार डा. राम प्रसाद ज्ञवालीले आफुले पहिलो पटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेको  बताउनु भयो । उहाँले चित्र बनाउँदै गर्दा एउटा कलाकारले मनोरञ्जनका लागि मात्रै कला प्रस्तु गर्ने होला की कलाले समाज परिर्वतनको लागि भूमिका खेल्न सक्लाकी नसक्ला भन्ने भावना मनमा लागेको बताउनु भयो ।

सीमित स्रोत र साधन हुदाहुँदै पनि कलाको विकास एवं विस्तारका लागि कला प्रदर्शनी, निःशुल्क कला शिक्षा, पुरस्कार, सम्मान तथा गाउँ–गाउँमा पुगेर कला कार्यशाला गरी जनचेतना जगाउने जस्ता कार्यहरु गर्दै संस्थाका अध्यक्ष ईन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।श्रेष्ठले भन्नुभयाे "ओझेलमा परेका कला, कलाकार तथा ऐतिहासिक स्थानहरुलाई उजागर गर्दै लानु संस्थाको लक्ष्य रहेको छ ।" 

संस्थाले राजधानीमा मात्र केन्द्रित नभई विभिन्न जिल्ला तथा गाँउहरुमा स्थानीय कलाकार हरु संग सहकार्य गरी कला सम्बन्धी कार्यक्रमहरु गर्दै आएको सस्थाका सचिब ईसान परियारले जानकारी दिनुभयो । उहाँका भन्नुभयो "शहरमा केन्द्रित कलालाई उपत्यका बाहिर लगेर प्रचारप्रसार गर्ने र गाउँका कुनाकन्दरामा रहेका कला संस्कृतिलाई कला मार्फत शहरमा तथा विदेशमा प्रदर्शनी गर्ने अर्काे उद्देश्य रहेको छ । जसले हाम्रोे कला संस्कृतिलाई जीवन्त राख्न टेवा दिने अपेक्षा गरेका छौं ।"

कार्यशालमा सहभागीहरुको चिन्ता थियो – समयको परिवर्तन संगै हामीहरुले कतै अपनत्वलाई विर्सन लागेका त छैनौं भन्ने प्रश्न खडा भएको छ । यहाँ विविध भाषा–संस्कृति, रहनसहन, भेषभुषा र भौगोलिक अवस्था भएतापनि हामी एक भएर बसेका छौं । 

नेपाली कला संस्कृतिले विश्वमा आफ्नो छुटै अस्तित्व कायम गरेको भन्दै सहभागीहरुले यसक्षेत्र राज्यको प्राथामितामा नपरेकोमा चिन्ता व्यक्त गरेका थिए । उनिहरुको भनाई थियो अन्य क्षेत्रको अनुपातमा कलामा सरकारी लगानी नगन्य नै छ, तथापीे विदेशी मुद्र आर्जन गर्ने प्रमुख माध्यम भनेको कला, संस्कृति र सम्पदा नै हो । यहाँ आउने विदेशी पर्यटकले नेपालको चिनो भनेर नेपाली कला लाने गरेका छन् ।

उहाँहरुका अनुसार  अहिले हाम्रा कतिपय कलाकृतिको अध्ययन गर्न विदेशी संग्राहलयमा जानुपर्ने अवस्था छ, त्यस्तै हामीहरुले अरुको देखासिकीमा आफैलाई त विर्सन लागेनौं भन्ने प्रतित हुन्छ । यस चित्रकला कार्यशालाको मुल उद्देश्य भनेकै हाम्रो कला संस्कृतीको जगेर्ना गरि आउने पुस्ता तथा विश्वमा नै नेपाली कला, कलाकार, संस्कृती, सम्पदाको उजागर गर्दै लानु पर्छ ।