• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कारबाही गरिनेछ – बालेन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कारबाही गरिने बताएका छन् ।

शिक्षकहरु विभिन्न मागहरुसहित आन्दोलित बन्दै गरेको अवस्थामा मेयर शाहले शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याएमा कानुन अनुसार कारबाही हुने बताएका हुन् ।

शिक्षा विधेयकमा महानगरको समेत असहमती रहेको जनाउँदै मेयर शाहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप रहेको समेत बताएका छन् ।

‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’ मेयर शाहले भनेका छन् ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यामिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

उनले अगाडि भनेका छन् – ‘तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध नपुर्यानुहोला । यस्ता अवरोध पुर्याउनेहरुलाइ कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’

करिब २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक महानगरको मातहतमा रहेको जनाउँदै मेयर शाहले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको जनाएका छन् ।