३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कारबाही गरिनेछ – बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कारबाही गरिने बताएका छन् ।

शिक्षकहरु विभिन्न मागहरुसहित आन्दोलित बन्दै गरेको अवस्थामा मेयर शाहले शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याएमा कानुन अनुसार कारबाही हुने बताएका हुन् ।

शिक्षा विधेयकमा महानगरको समेत असहमती रहेको जनाउँदै मेयर शाहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप रहेको समेत बताएका छन् ।

‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’ मेयर शाहले भनेका छन् ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यामिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

उनले अगाडि भनेका छन् – ‘तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध नपुर्यानुहोला । यस्ता अवरोध पुर्याउनेहरुलाइ कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’

करिब २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक महानगरको मातहतमा रहेको जनाउँदै मेयर शाहले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको जनाएका छन् ।