४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटै विवाह गर्दै साउथकी यी चर्चित अभिनेत्री



अ+ अ-

एजेन्सी । पोन्नियन सेल्वन अभिनेत्री तृषा कृष्णन छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । अभिनेत्रीले आगामी दिनमा बिहेको घोषणा गर्न सक्ने बताइएको छ ।

तृषाको भावी जीवन साथी मलयालम फिल्मको निर्माता रहेको बताइएको छ । तर, उनी को हुन् भन्नेबारेमा कुनै अपडेट छैन । हालै एक अन्तर्वार्तामा त्रिशालाई उनको विवाहको बारेमा सोधिएको थियो । यद्यपि, यसबारे अभिनेत्रीले आफूले अहिलेसम्म केहीपनि नसोँचेको बताएकी थिइन् ।

यसअघि त्रिशाले २३ जनवरी २०१५ मा व्यापारी तथा निर्माता वरुण मनियनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केही महिनापछि दुवैले इन्गेजमेन्ट तोडेका थिए ।

मिडिया रिपोर्टका अनुसार तृषा र वरुणको इन्गेजमेन्टदेखि नै धेरै मतभेद थिए जसका कारण यो सम्बन्ध लामो समय टिक्न सकेन । अन्ततः सन् २०१५ को मेमा दुवैले अलग हुने निर्णय गरे ।

त्रिशाको नाम साउथ इन्डस्ट्रीका धेरै कलाकारसँग जोडिएको छ । मिडिया रिपोर्टका अनुसार तृषा यसअघि राणा डग्गुबाती, थालापथी विजय र नयनताराका पूर्व प्रेमी सिम्बुसँग रिलेशनशिपमा थिइन् । यद्यपी, अभिनेत्रीले आफ्नो प्रेम जीवनको बारेमा कुनै आधिकारिक कुरा भनेकी छैनन् ।

पोन्नियन सेल्वन २ को सफलतापछि त्रिशासँग धेरै फिल्महरु छन् । उनी छिट्टै तमिल फिल्म ‘लियो’मा देखिनेछिन् । यो फिल्म अक्टोबर १९ मा हलमा रिलिज हुँदैछ । यस बाहेक उनी निर्देशक अरुण वासीगरनको आगामी फिल्म ‘द रोड’मा देखिनेछिन् ।