२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’ र ‘पठान’को सफलतापछि १००० करोड कमाई गर्ने पहिलो बलिउड अभिनेता बने शाहरुख



अ+ अ-

एजेन्सी । ४ वर्षको लामो ब्रेकपछि फिल्म ‘पठान’सँग शाहरुख खानको कमब्याकले बक्स अफिसमा एकपछि अर्को इतिहास रचिरहेको छ । पहिले ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेका छन् ।

पठान बक्स अफिसमा हिन्दी सिनेमाको अल टाइम ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।

भारतीय बक्स अफिसमा हालसम्म कुल ४४२.७३ करोड कमाएको जवानले विश्वव्यापी रुपमा ७०० करोडभन्दा बढीको व्यापार गरेको छ । शाहरुख खान, नयनथारा र विजय सेतुपति अभिनित एट्ली निर्देशित जवान फिल्म बक्स अफिसमा ब्लकबस्टरको रुपमा उभिएको छ ।

पठान र जवानको सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् । सन् २०२३ मा पठान र जवान जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख बलिउडको बादशाह बनेका छन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोडभन्दा बढी कलेक्सन गरेका हुन् । पठानले जम्मा ५४३.४३ करोड र मात्र २ दिनमा २०० करोडको आँकडा पार गरेको जवानले दोस्रो सातापछि ४७९.९९ करोड कमाउन सफल रह्यो ।

२०२३ मा केवल दुई फिल्म रिलीजले शाहरुख १०२३ करोड को कुल कलेक्शनसम्गै बक्स अफिस राजा बने । शाहरुखलाई अन्य कलाकारसँग तुलना गर्ने हो भने, जहाँ अक्षय कुमारले २०१९ मा चारवटा रिलिजका साथ बक्स अफिसमा कूल ७५७.१३० करोड कमाई गरेका थिए । अब शाहरुखले अक्षयको कीर्तिमान तोडेर सबैभन्दा धेरै कमाउने अभिनेताको रेकर्ड राखेका छन् ।