२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकपको गीत सार्वजनिक, रणवीर सिंह प्रमुख भूमिकामा



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को आधिकारिक थिम गीत आज सार्वजनिक भएको छ । गीतको नाम ‘दिल जश्न बोले’ राखिएको छ ।

गीतको कभरमा रणवीर सिंह देखिएका छन् । संगीत निर्देशक प्रीतम चक्रवर्तीले गीत कम्पोज गरेका छन् । विश्वकपको यो गीतलाई गायक प्रीतम, नकाश अजिज, श्रीराम चन्द्र, अमित मिश्रा, जोनिता गान्धी, आकासा, चरणले गाएका छन् ।

आईसीसीले १९ अगस्टमा एकदिवसीय विश्वकपको आधिकारिक मस्कट सार्वजनिक गरेको थियो । मस्कट महिला बलर र पुरुष ब्याट्सम्यानको थिममा डिजाइन गरिएको छ । पुरुषको मस्कट हातमा ब्याट लिएर देखाइएको छ भने महिला मस्कटलाई बल लिएको देखाइएको छ ।

आईसीसीले आफ्नो सोशल मिडिया ह्यान्डलमा मस्कटको भिडियो पनि शेयर गरेको छ, जसमा भारतका पूर्व कप्तान विराट कोहली र जसप्रित बुमराह देखिएका छन् ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म भारतमा आयोजना हुँदैछ । पहिलो खेल गत विश्वकपको फाइनलमा पुगेका इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग हुनेछ ।