१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धग्रस्त यमनमा खडेरीको चुनौति



अ+ अ-

एजेन्सी । वर्षौंदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ ।

कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् । राजधानीबाट करिव १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् । यस वर्ष यमनमा कम वर्षा भएको छ ।

जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तन सम्बन्धी प्राकृतिक प्रकोपहरुले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिंचाई सुविधा ध्वस्त पारेको बताएको छ । यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण बिस्थापित व्यक्तिहरुको संख्या दोब्बर भएको बताएको छ ।