१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

सुशासनमा उदासिनता, ठूला दलहरुको काम कमजोरः पूर्वराष्ट्रपति भण्डारी

सुशासनमा उदासिनता, ठूला दलहरुको काम कमजोरः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मार्गदर्शन गरेका मुलभुत विषय र मर्मलाई समातेर कार्यान्वयनको पक्षमा जानुपर्ने बताउनुभएको छ ।

अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक साथै भौगोलिक विविधताले पनि भरिपूर्ण भएकाले स्नेह, सद्भाव र सहिष्णुतालाई ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले समाजमा अराजक गतिविधि बढ्न थालेको उल्लेख गर्दै यो देशकै लागि समस्याको विषय बनेको बताउनु भयो । उहाँले देशमा युवाशक्तिको पलायन बढीरहेको भन्दै यस्ता समस्यालाई समाधान गर्न पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरीका कारणले पनि समस्या निम्त्याइरहेको बताउनु भयो । उहाँले सुशासनमा सत्तारुढ दलहरुको उदासिनता र ठूला राजनीतिक दलहरुले गर्नुपर्ने काम कमजोर रहेको भन्दै यस्ता समस्या समाधानका लागि सबैबीच एकता आवश्यक भएको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक अस्थिरताका कारणले पनि मुलुकमा केही समस्या देखापरेको र केही स्वार्थ समूहहरु पनि अस्थिरता निम्त्याउन हाबी भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय हीत, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर नेपालका जिम्मेवार राजनीतिक दलहरु, मुलधारका राजनीतिक दलहरु अघि बढ्ने हो भने कुनैपनि समस्या हल गर्न सकिने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीम उहाँले कृषि, जलश्रोत, पर्यटन, भौगोलिक विविधता, सांस्कृतिक विविधता, उर्वर जमिन र संस्कृतिको जगेर्ना र संरक्षण गरी जनताको विकासको आधारको रुपमा लैजानसके छोटो समयमा देश विकास गर्न सकिने उल्लेख गर्नुभयो । जनताको खुशी भनेको राष्ट्रको समृद्धिसँग जोडिएको हुने भन्दै उहाँले राष्ट्रको समृद्धिको लागि तत्सम्बन्धित धेरै कामहरु गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय क्षमता र शक्तिको सही सदुपयोग गर्नसके जनतामा खुशी र जनताको सुख अभिवृद्धि गर्न सकिने बताउनु भयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा जारी सन्देश:

‘सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी, स्वदेश र प्रवासमा समेत बस्नुभएका सबैलाई यो वर्षको संविधान धेरै धेरै शुभकामना । संविधान नेपालको मुल कानून हो । अहिलेको राष्ट्रको आवश्यकतालाई व्यवस्थापन गर्नेगरी नेपालको संविधान निर्माण भएको छ । संविधानले मार्ग दर्शन गरेका मुलभुत विषयहरु र मर्मलाई समातेर हामी कार्यान्वयनको पक्षमा जानुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो देश बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक, देश हो । साथै भौगोलिक विविधताले पनि भरिपूर्ण देश हो ।

हाम्रो देशको भौगोलिक अवस्थिति पनि संवेदनशील छ । यी सबै कुरालाई विचार गरिकन हामीले हाम्रो शक्तिको लागि हामीबीचको स्नेह, सद्भाव र सहिष्णुता नै हाम्रो सम्पती हो । यसलाई हामीले उच्च रुपमा अघि बढाउनुपर्छ र आजको आवश्यकता पनि त्यो हो भन्ने मलाई लाग्छ । समाजमा केही अराजकता बढ्न थालेको देखिन्छ । यो पनि हाम्रो लागि समस्या हो ।

अर्को कुरा भनेको देशमा युवाशक्तिको पलायन पनि व्यापक रुपमा भइरहेको छ । यो पनि एउटा समस्याको रुपमा देखा परेको छ । यी समस्यालाई समाधान गर्न, निवाकरण गर्नको लागि हामीले पहल, प्रयत्न र राष्ट्रिय एकता कायम गर्नुपर्छ । बेरोजगारीको कारणले गर्दा देशको राष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारणले शिक्षा प्रणालीमा भएका कतिपय कमजोरी कारणले गर्दा र यी समस्याहरुको साथसाथै सुशासनमा जुन खालको सत्तारुढ दलहरुले व्यवस्थापन गर्नुपर्ने हो र ठूला राजनीतिक दलहरुले जुन ढंगले अघि बढ्नुपर्ने हो त्यो कुरामा पनि केही समस्या देखिन्छ ।

यसलाई समाधान गर्नको निम्ति हामीबीचको एकता आवश्यकता पर्छ । यो कुरालाई गम्भीरतापूर्वक मनन गरेर नै हामी अघि बढ्नुपर्छ भन्ने म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी र नेतृत्व वर्गमा रहनुभएकाहरुलाई पनि आग्रह गर्न चाहन्छु । हाम्रो तर्फबाट गर्ने भुमिका हामी सबैले पूरा गर्नुपर्छ ।

अहिले भएको यावत समस्यालाई हामीले संविधानमा व्यवस्था गरेको राम्रा विषयलाई कार्यान्वयनमा जाँदाखेरि व्यापक रुपले गर्न सकिन्छ । एउटा त राजनीतिक अस्थिरताका कारणले पनि केही समस्या आएका छन् । केही स्वार्थ समूहहरु पनि हाबी भएको छ । त्यसैले हामीले राष्ट्रिय हीत, राष्ट्रिय स्वार्थलाई ध्यान नेपालका जिम्मेवार राजनीतिक दलहरु, मुलधारका राजनीतिक दलहरु, अघि बढ्दा हाम्रो अघि जुन समस्याहरु देखिएका छन् । ती कुनैपनि समस्या समाधान गर्न नसकिने भन्नेकुरा हुँदैन ।

जनतामा एउटा व्यापक उत्साहका साथ हामी पनि २१ औं शताब्दीको नेपाल कस्तो हुनुपर्छ विश्वमाझ ? भनेर चिनाउन हामी सक्छौँ । हाम्रो राष्ट्रिय क्षमता हामीलाई प्रकृतिले दिएको वरदान नै छ । हामीसँग कृषि उत्पादन गर्न सकिने उर्वर जमिन छ । त्यस्तै गरेर भौगोलिक विविधता पनि छ । हामीसँग जलश्रोत छ, हामीसँग यस्तो एउटा सांस्कृतिक विविधता छ । जो सायद संसारका कम देशहरुमा यस्तो छ होला । त्यस्तै गरेर अब वनस्पतिको हिसावले पनि हामी धनी छौँ ।

यी कुरालाई हामीले राष्ट्रिय शक्तिको रुपमा हाम्रो उर्वर जमिन, हाम्रो संस्कृति र हाम्रो जलश्रोत यसलाई हामीले दरोगरी समाउने हो भने र हाम्रो वनस्पतिहरुलाई हामीले जनताको विकासको आधारको रुपमा यी शक्तिहरुलाई लिने हो भने हामीले छोटो समयमा देशमा विकास गर्नसक्छौँ । विकास भएपछि विकास सँगसँगै खुशी आउँछ ।

जनताको खुशी भनेको राष्ट्रको समृद्धिसँग जोडिएको हुन्छ । राष्ट्रको समृद्धिको लागि हामीले तत्सम्बन्धित धेरै कामहरु गर्नुपर्छ । यो अहिलेको जुन निराशाजनक अवस्था उत्पादन गर्न खोजिएको छ, त्यसलाई समाधान गर्नसक्छाँै । हाम्रो जुन राष्ट्रिय क्षमता छ, शक्ति छ, त्यसलाई हामीले सही सदुपयोग गर्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । योसँगै जनतामा खुशी र जनताको सुख हामी अभिवृद्धि गर्नसक्छौँ ।’