१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपशिखाको समस्या समाधान हुने क्रममा छ– कोरियास्थित नेपाली दूतावास



अ+ अ-

काठमाडौँ । दक्षिण कोरियामै रोकिएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को समस्या समाधान हुने अन्तिम क्रममा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाका भन्सार अधिकारीहरुले सम्बन्धित कागजात पेश गर्न माग गरेका कारण दीपशिखा रोकिनुभएको उल्लेख गरेको छ ।

यसैबीच दीपशिखाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत अन्जानबस डाक्टरको प्रिस्किप्सन आफूसँग नभएकोले कोरियाली सरकारको भन्सारले प्रेस्क्रिप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले रोकिनुपरेको उल्लेख गर्नुभएको छ । उहाँले राजदूतावासले मागेका डकुमेन्टहरू बुझासकेको भन्दै भन्सारको भेरिफिकेशन नसकिएसम्म आफूलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य भए पनि नजरबन्द, गिरफ्तारी केही पनि नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,

नमस्कार १
म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिॅए ।

अन्जानबस डाक्टरको प्रिस्किप्सन म सॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।

भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन ।
नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।