२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपशिखाको समस्या समाधान हुने क्रममा छ– कोरियास्थित नेपाली दूतावास



अ+ अ-

काठमाडौँ । दक्षिण कोरियामै रोकिएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को समस्या समाधान हुने अन्तिम क्रममा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाका भन्सार अधिकारीहरुले सम्बन्धित कागजात पेश गर्न माग गरेका कारण दीपशिखा रोकिनुभएको उल्लेख गरेको छ ।

यसैबीच दीपशिखाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत अन्जानबस डाक्टरको प्रिस्किप्सन आफूसँग नभएकोले कोरियाली सरकारको भन्सारले प्रेस्क्रिप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले रोकिनुपरेको उल्लेख गर्नुभएको छ । उहाँले राजदूतावासले मागेका डकुमेन्टहरू बुझासकेको भन्दै भन्सारको भेरिफिकेशन नसकिएसम्म आफूलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य भए पनि नजरबन्द, गिरफ्तारी केही पनि नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ,

नमस्कार १
म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिॅए ।

अन्जानबस डाक्टरको प्रिस्किप्सन म सॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।

भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन ।
नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।