१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै खुलेनन् बागलुङका ग्रामीण सडक



अ+ अ-

ढोरपाटन । तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुल्न सकेका छैनन् । बाढी र पहिराले अवरुद्ध बनेका सडक अहिलेसम्म सञ्चालन नहुँदा चाड पर्वका लागि सामान ढुवानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार तथा आसपासका व्यापारिक केन्द्रदेखि गाउँ–गाउँ जोडिएका सडक गत असारदेखि नै बन्द भएका हुन् ।

ठूलो वर्षा हुन रोकिए पनि सडक सञ्चालन नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको बडिगाड गाउँपालिकाका तिलबहादुर घर्तीमगरले बताउनुभयो । चाडपर्व सुरु हुँदा पनि गाउँपालिकाले सडक खुलाउन चासो नदेखाएकाले बजारबाट सामान ढुवानी गर्न नसकिएकोे उहाँको गुनासो थियोे ।

“यस वर्ष पोहोर परार सालको जस्तो ठूलो वर्षा भएको छैन तर पनि बजारबाट आउने मोटरबाटोको धेरै ठाउँमा पहिरोले सडक ठप्प भएका छन्, सडक कहिले खुलाउँछन् थाहा छैन, तीजपछि दसैँ र तिहार पनि आउन थाले,” तिलबहादुरले भन्नुभयो, “बर्खाभरि घरमा भएका सबै सामान सकियो, बजारबाट बोकेर ल्याउनुपर्छ, गाडी चले त एक/दुई घण्टामै गाउँमै सामान आउँथ्यो, सडक कहिले खुल्ने हो थाहा छैन ।”

बागलुङमा तीनवटा राष्ट्रिय सडक पर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडकले बागलुङमा विकासका थुप्रै सम्भावनाका ढोका खोले पनि लोकमार्गबाहेक अन्य मुख्य सडक बाह्रै महिना चल्दैनन् । कोरिडोर हिउँदमा चले पनि बर्खामा पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सालझण्डी–ढोरपाटन सडक भने अहिलेसम्म सिधा सञ्चालन हुन सकेको छैन । बरेङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक बर्खाका कारण बन्द छन् ।

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन समस्या भएको स्थानीयवासी वीरबहादुर विकले बताउनुभयो । उहाँले गाउँमा सडक आए पनि बर्खामा गाडी नचल्दा स्थानीयवासीले सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । अघिल्लो वर्षको जस्तो यस वर्ष धेरै सडकमा क्षति नभएधकाले पालिकाले केही ठाउँका पहिरो पन्छाए सहज रुपमा गाडी चल्ने गराउनुपर्नेमा बीरबहादुरले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गाडी नचल्दा सबैभन्दा समस्या त गाउँमा कोही बिरामी हुँदा हुँुदोरैछ, अस्पताल लगिहाल्न पर्ने बिरामी बाटो बन्द भएको हुँदा बोकेरै लैजानु पर्छ, बोकेर लैजाँदा समयमै अस्पातल पुर्‍याउन नसक्दा दु:खद घटना हुने गर्छ, सरकारले बाह्रै महिना बाटो चलाउने गरी काम गर्नुपर्छ ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोले अवरुद्ध सडक अब तत्काल खुलाउने बताउनुभयो । पालिकाका अधिकांश सडक सञ्चालनमा रहेको भन्दै उहाँले केही ग्रामीण सडक अवरुद्ध रहेकाले खुलाउनका लागि बजेटको व्यवस्था गरिसकेको र केही दिनमै काम सुरु हुने बताउनुभयो । “बर्खाका कारण केही गाउँ जोडिएका सडकहरु ठप्प छन्, अहिले सञ्चालनमा रहेका सडक पनि अप्ठ्यारा छन्, पालिकाभरिका सबै सडक खुलाउन बजेटको व्यवस्था गिरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “मौसम हेरिराखेका छौँ, बर्खा केही कम भएको छ, अब सडक खुलाउँछौँ, यति बेला खुलाइसक्थ्यौँ, फेरि पहिराले पुर्‍यो भने खर्च बढी हुने हुँदा अब बल्ल खुलाउने तयारीमा छौँ ।” रासस