२७ मंसिर २०८२, शनिबार
,
Latest
राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’ नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्धको सुरुवाती सिरिजमा विराट, रोहित र हार्दिकलाई विश्राम



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि सोमबार साँझ भारतीय टोलीको घोषणा गरिएको छ । कप्तान रोहित शर्मा र मुख्य चयनकर्ता अजित आगरकरले पत्रकार सम्मेलन गरी टोली घोषणा गरेका हुन् ।

केएल राहुलले पहिलो २ ओडिआईमा कप्तानी गर्नेछन् । विश्वकप टोलीका पाँच खेलाडी रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, कुलदीप यादव र अक्षर पटेललाई विश्राम दिइएको छ ।

चोटका कारण अक्षरले पहिलो २ ओडिआई खेल्न पाउने छैनन् । उनको स्थानमा रविचन्द्रन आश्विन र वासिङ्टन सुन्दरलाई टोलीमा स्थान दिइएको छ । तेस्रो एकदिवसीयमा सबै सिनियर खेलाडी फर्कनेछन् ।

विश्वकपअघि अस्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय शृंखला हुनेछ । सिरिजको पहिलो खेल सेप्टेम्बर २२ मा मोहालीको पीसीए रंगशालामा हुनेछ ।

रोहित, कोहली, हार्दिक, कुलदीप र अक्षर तेस्रो एकदिवसीयमा पुनरागमन गर्नेछन् । यो खेलमा अश्विन र सुन्दरले पनि स्थान पाएका छन् ।