३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा गरी मनाइयो विश्वकर्मा पूजा



अ+ अ-

काठमाडौँ । काठमाडौँको नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ ।

आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ हो । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ ।

आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको यातायात क्षेत्रलाई सुधार गर्नका लागि आफू अनवरत रुपमा खट्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्ययसायीको लगानी, मजदुर कर्मचारीको पेशा, व्यवसायप्रति तत्पर भएर खट्ने बताउनु भयो । उहाँले आउँदै गरेका चाडपर्वलाई लक्षित गरी यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी अन्य यातायात व्यवसायीहरुले यातायात क्षेत्रलाई व्यवस्थित गर्नेकुरा व्यवसायी स्वयंको भएको बताए । यातायात क्षेत्रको श्रमलाई एक ठाउँमा ल्याएर सबैले मिलेर काम गर्नुपर्ने बताए ।