७ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव



अ+ अ-

काठमाडौं । कोरोना  सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप  सिलिन्डर ल्याउन एयर लिफ्ट’  गर्नुपर्ने उत्पादकहरूको भनाइ छ । अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि  त्यसलाई भर्न आवश्यक  सिलिन्डर भने अब अभाव  हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा  समस्या पर्ने भएकाले  यसमा  सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । गोरखापत्र दैनिकमा छ ।