२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससंग प्रधानमन्त्री दाहालको भेटवार्ता



अ+ अ-

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससंग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको छ ।

राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री दहाल र महासचिब गुटेरेस बिच भेटवार्ता भएको छ । राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आईतबार अमेरिकाको न्यूयोर्क आइपुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुन: जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नु हुनेछ । राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

तस्बिर: प्रदीपराज वन्त, न्युयोर्क, अमेरिका