६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोप: सरकारकै संरक्षणमा सुन तस्करी भइरहेको छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै सुन तस्करीमा सग्लन भएको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा शुसासन केन्द्रीय बिभागले आयोजना गरेको बढ्दो महंगी र उपभोक्ता हित बिषययक अन्तरक्रिया कार्यक्रम मा बोन्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो “संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम भयो ।’

उहाँले तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो रु  के भयो ? अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उहाँले सय किलो सुन घटाएर ६१ किलोमा झारेको आरोप समेत लगाउनु भयो