३० कार्तिक २०८१, शुक्रबार
,
Latest
नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा विस्फोट



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त सडकको किनारमा विष्फोट भएको विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको बताइएको छ । विस्फोटबाट मानवीय क्षति भएको छैन ।

यद्यपि सडक किनारमा ठूलो खाल्डो परेको छ जसका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए । पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।