७ भाद्र २०८३, आईतवार
,
Latest
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

खेलको ३६ औं मिनेटमा जेम्स वार्ड प्रोसेले गोल गर्दै घरेलु टोली वेस्टहामलाई सुरुवाती अग्रता दिलाए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो । ४६ औं मिनेटमा जेरेमी डोकु, ७६ औं मिनेटमा बर्नार्डो सिल्भा र ८६ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गरे ।

यो सिटीको लगातार पाँचौं जित हो । सिटी १५ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । वेस्टहाम भने समान ५ खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।