५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर ठिमीमा नगरप्रहरीमाथि हातपात, व्यपारीलाई १० हजार जरिवाना



अ+ अ-

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगरप्रहरी र सडक व्यपारीबिच हात हालाहाल भएको छ । सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरी र ठेलागाडावालाबिच मुडभेड परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा सडक किनारमा ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाले नगरप्रहरीले गाडा खोसेपछि नगरप्रहरीको घाँटी न्याकेको देखिन्छ । यो कुरा कृष्ण अष्टमीको दिनके हो । ती महिलाले कृष्ण अष्टमीको दिन मध्यपुर ठिमी मन्दिर छेउमा सामान बेच्न राखेकी थिइन् । सोहिक्रममा नगरप्रहरीले उनको गाडा खोसेको थियो । यद्यपी, उनको सामान भने भुईमा राखेर ठेला मात्र खोसेका थिए ।

भिडियोमा केहीबेर गाडा तानातान भएको देख्न सकिन्छ । नगरप्रहरीले उनको गाडा खोसेपछि आक्रोशित हुँदै ती महिलाले महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् । उनले भुईमा लछार्दै नगरप्रहरीको घाँटी न्याँकेकी थिईन् ।

छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट नगरप्रहरीलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले नसकेपछि अरु तीन चार जना नगरप्रहरीको सहायतामा उनलाई छुट्टाएका थिए । महिलको आक्रमणबाट नगरप्रहरी हिरिकहिरिक भएकी थिइन् । लगतै आक्रमणमा परेकी नगरप्रहरीले पनि ती महिलालाई आक्रमण शैलीमा लम्किएकी थिईन् । तर उनलाई अरु नगरप्रहरीले रोके।

नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने सडक व्यपारी महिलालाई पक्राउ गरी प्रहरीले एक दिन थुनामा राखेको थियो । उनलाई एक दिन थुनामा राखेर नगरपालिकामा आएर १० हजार जरिवाना तिराउने सहमति भएपछि उनलाई छाडिएको थियो ।