५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको फाइनलमा भोलि भारत र श्रीलंका भिड्दै



अ+ अ-

एजेन्सी । आईतबार एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्दैछन् । कोलम्बोको प्रेमदासा स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।

भारतका कप्तानी रोहित शर्माले गर्नेछन् भने दासुन शनाकाले श्रीलंकाको कप्तानी गर्नेछन्। सुपर फोरमा श्रीलंकालाई हराउदै भारत एसिया कप २०२३ को फाइनलमा पुग्ने पहिलो टोली बनेको थियो। श्रीलंकाले पनि यसअघिको निर्णायक खेलमा पाकिस्तानलाई पराजित गर्दै फाइनल कब्जा गरेको थियो ।

एसिया कप २०२३ को समुहचरणमा समूह ए मा रहेको भारतले पहिलो खेल पाकिस्तानविरुद्ध खेलेको थियो । बर्षाको कारणले खेलरद्द भएपछि दुबै टीमले अंक बाडेका थिए । त्यसपछि नेपाललाई १० विकेटले पराजित गरेको थियो । समुहचरणमा शिर्ष दुईमा रहँदै भारत सुपर फोरमा प्रवेश गरेको थियो ।

सुपर फोरमा भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई २२८ रनको ठूलो अन्तरले हराएको थियो। पछि अर्को खेलमा पनि श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो । आफ्नो अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको आयोजक टोली श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानलाई २ रनले पराजित गर्दै सुपर फोरमा प्रवेश गरेको थियो ।

सुपर फोरमा बंगलादेशलाई २१ रनले पराजित गर्दै श्रीलंकाले विजयी यात्रा सुरु गरेको थियो । पछि, कम स्कोरिङ थ्रिलरमा भारतसँग ४१ रनले पराजित भयो। तर, अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा स्थान बनाएको थियो।

सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्ध भारतका विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह र कुलदीप यादवलाई आराम दिइएको थियो । फाइनलका लागि उनीहरु प्लेइङ ११ मा फर्किने अपेक्षा गरिएको छ। क्रिकबजको रिपोर्ट अनुसार अक्षर पटेलले श्रीलंकाविरुद्धको फाइनल खेल गुमाउन सक्नेछन् । उनको स्थानमा वासिङ्टन सुन्दरलाई प्लेईङ इलेवनमा समावेश गरिने सम्भावना रहेको छ । भारतका मुख्य ब्याट्सम्यानहरूले पाकिस्तानविरु्द राम्रो प्रदर्शन गरेका थिए । उनीहरुको राम्रो फर्ममा लंकाली स्पिनरहरू विरुद्ध रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

सुपर फोरमा पाकिस्तानविरुद्धको जितपछि श्रीलंकाले ठूलो आत्मविश्वास बटुलेको छ । कुसल मेन्डिसले असालन्का, पथुम निसान्का, धनंजया डी सिल्भा, र डुनिथ वेललागेको साथमा ब्याटिङ लाइनअपलाई आफ्नो काँधमा बोक्नेछन्। मेन्डिस फेरीको प्रद्शन फाइनलमा महत्वपूर्ण हुनेछन् । उनले यसअघि नै पाँच खेलमा ९० प्लसको दुई स्कोरका साथ २५३ रन बनाएका छन् ।

श्रीलंकाले बलिङ उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको छ। वेललागेले प्रतियोगितामा अहिलेसम्म १० विकेट लिएका छन् । मथीशा पाथिराना र महेश थेक्षानाले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । तीक्षाना ह्यामस्ट्रिङ भने चोटका कारण फाइनलबाट बाहिरिएका छन्। उनको स्थानमा दायाँ हाते स्पिनर साहन अरचिगेलाई बोलाइएको छ ।

भारतीय टोली: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज, मोहम्मद शमी, इशान किशन, शार्दुल ठाकुर, अक्षर पटेल , सूर्यकुमार यादव, तिलक वर्मा, प्रसिद्ध कृष्ण ।

श्रीलंकाको टोली: दासुन शानाका (कप्तान), पाथुम निसानाका, दिमुथ करुणारत्ने, कुसल जानिथ परेरा, कुसल मेन्डिस (विकेटकिपर), चारिथ असालान्का, धनन्जया डी सिल्भा, सदीरा समराविक्रमा, दुनिथ वेलालागे, कासुन राजिथा, दुशान हेमानन्द, प्रिन्दुरा, प्रमोद फर्नान मदुशन, सहान अराछिगे ।