• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

बाबुराम भट्टराई आज दिउँसो भारत जाँदै



फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा।बाबुराम भट्टराई आज दिउँसो पौने २ बजे भारत जाँदैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा.भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने डा।भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भारत बसाईका क्रममा डा।भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग भेटघाट गर्ने कार्यक्रम छ ।

डा।भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुने पोखरेलले जानकारी दिए । डा.भट्टराई असोज ५ गते साँझ ६स्१० बजे स्वदेश फर्कनेछन् ।