१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराई आज दिउँसो भारत जाँदै



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा।बाबुराम भट्टराई आज दिउँसो पौने २ बजे भारत जाँदैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा.भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने डा।भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भारत बसाईका क्रममा डा।भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग भेटघाट गर्ने कार्यक्रम छ ।

डा।भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुने पोखरेलले जानकारी दिए । डा.भट्टराई असोज ५ गते साँझ ६स्१० बजे स्वदेश फर्कनेछन् ।