२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १ सय ६४ रनको फराकिलो अन्तरले पराजित



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शुक्रबार सेन्चुरियनमा भएको खेलमा हेनरिक क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङमा दक्षिण अफ्रिकाले जित हात पारेको हो । योसँगै पाँच ओडिआई खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ४ सय १७ रनको विशाल विजयी लक्ष्य पाएको अष्ट्रेलिया ३४.५ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । अष्ट्रेलियाका एलेक्स केरी ९९ रनमा आउट भए । उनले ७७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

केरीबाहेक अष्ट्रेलियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टिम डेविड ३५, डेविड वार्नर १७, ट्रविस हेड १७, मिचेल मार्श ६, मार्नस लाबुसेन २०, मार्कस स्टोइनिस र नाथन एलिसले १८/१८ रन बनाए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुन्गी एनगिडीले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडाले ३ विकेट लिदा मार्को यानसन र केशव महाराजले समान एक विकेट लिए ।

त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनाएको थियो । जसमा हेनरिक क्लासेनले मात्रै १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनले ८३ बलमा १३ चौका र १३ छक्का प्रहार गरे । डेविड मिलर ८२ रनमा नटआउट रहे । उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । पाँचौं विकेटका लागि क्लासेन र मिलरले ९४ बलमा २ सय २२ रनको विष्फोटक दोहोरो शतकीय साझेदारी गरेका थिए ।

यस्तै, रास्सी भान डर डुसेनले ६२ रन बनाउदा ओपनर क्विन्टन डि कक ४५ र रिजा हेन्ड्रिक्स २८ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक २ विकेट लिए । मार्कस स्टोइनिस, माइकल नेसेर र नाथन एलिसले समान एक विकेट लिए । एडम जाम्पाले १० ओभरमा विनाविकेट १ सय १३ रन खर्चिए ।

पहिलो खेलमा दक्षिण अफ्रिका ३ विकेट र दोस्रो खेलमा १ सय २३ रनले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिका १ सय ११ रनले विजयी भएको थियो । आइतबार सिरीजको पाँचौं तथा निर्णायक खेल हुनेछ ।