५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
फाईल फोटो ।
अ+ अ-

गल्याङ । कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए ।

कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ । स्थानीयको प्रयासपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले ट्र्याक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै रु १० हजार लिएर ट्र्याक्टरलाई छोडिदिएको छ ।

गल्याङ नगरपालिका–११ का वडासदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताउनुभयो । उहाँले अवैधरुपमा लोड गरी ल्याएका ढुङ्गा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताउनुभयो । “धेरैपटक म र प्रहरीसँगै घटनास्थलमा गएको छु तर प्रमाण पुष्टि हुन नसक्दा समात्न सकेनौँ”, उहाँले भन्नुभयो, “यो पटक भने ढुङ्गासहितको ट्र्याक्टर समातेर प्रहरीको जिम्मा लगाउन सफल भयौँ ।”

वडासदस्य भट्टराईले कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाइएकाले चोरी निकासी हुनु राज्यविरुद्धको गतिविधि भएको दाबी गर्नुभयो । उहाँले यस क्षेत्रमा यस्ता गतिविधि पटकपटक हुने गरेको भन्दै नगरपालिका चनाखो भएर अवैध गतिविधि रोक्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

टेण्डर प्रक्रिया नगरी नगरपालिका र विभिन्न ठेकेदार तथा कम्पनीको मिलिमतोमा कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन, चोरी तथा निकासी हुने गरेको कतिपय स्थानीयको आरोप छ । उनीहरुले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न ठुलै गिरोह सक्रिय रहेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् ।

चोरी निकासीमा सक्रिय गिरोहले कालीगण्डकी नदीका ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री निकालेर विभिन्न स्थानका लागि बिक्री गर्ने गरिएको स्थानीयको आशङ्का छ । बर्खाको बेला कालीगण्डकी नदीको तटमा ढुङ्गा, गिट्टी र बालुवालगायत निर्माण सामग्री जम्मा हुने गर्दछ । चोरी निकासीमा सक्रिय गिरोहले प्रहरी–प्रशासनलाई छलेर बेलाबेला निर्माण सामग्री उत्खनन गरिरहेका हुन्छन् ।

राम्दी, परेवाकुना, ठूला ढुङ्गा, एक्किया, छर्ती, जिमुवा काप्चेघाट, हुँगीघाट, बेलचौर, बेल्चौर जामुने, निमाघाट गल्याङ नगरपालिकास्थित कालीगण्डकी नदीका प्रमुख ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री जम्मा हुने स्थल हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पावलसिंह लामाले १० दिनयता जिल्ला कारागार नजिकै आँधीखोलाबाट अवैधरुपमा लोड गरी ल्याएको ३० बोरा बालुवासहितको बलेरो जिप र पुतलीबजार नजिकै चिहान घाटबाट समेत त्रिपालले ढाकेर बालुवा ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताउनुभयो ।

“अवैध चोरी निकासी नियन्त्रण गर्न साँझपख मोबाइल गाडी खटाएका छौँ”, सूचना अधिकारी लामाले भन्नुभयो, “व्यावसायी, ठेकेदार तथा उपभोक्तालाई स्टक प्रमाणित भएका स्थानबाट मात्र ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री खरिद बिक्री गर्न आग्रह छ, कोही कसैले अटेर गरी अवैध गतिविधि गरेमा कारबाही गरिने छ ।”

गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री अवैधरुपमा चोरी निकासी गरेको भेटिएका सबैलाई बिनापूर्वाग्रह कारबाही गरिएको बताउनुभयो । “अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि नगरले योजना बनाउने तयारीमा छ”, उहाँले भन्नुभयो, “गएका आर्थिक वर्षमा पनि हामीले कारबाही गरेका छौँ, आगामी दिनमा पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने जो कोहीलाई काडाईका साथ कानुनी प्रक्रियामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छौँ ।” रासस