२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक र वित्तीय नीतिबीच तालमेल मिलाउने प्रयास सफल भएन: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र अहिले पनि केही नीतिगत र व्यवहारिक सुधारका गम्भीर कदम आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि गरेका प्रयासहरु पर्याप्त नभएको समेत स्वीकार गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्न चुनौति सरकारलाई रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको हैसियतले लगातार मौद्रिक,वित्तीय नीति र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएपनि सफल नभएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही मात्रा सुधार भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको आजको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्तीय नीतिको समग्र सोच र कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्र सुधारका निम्ति हाम्रा प्रयासहरु पर्याप्त छैनन् । अर्थतन्त्र अहिले पनि केही नीतिगत र केही व्यवहारिक सुधारका गम्भीर कदम नचाल्ने हो भने अफ्ठ्यारो स्थिति छ । यसमा पनि अन्य कुराका अतिरिक्त नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्नेकुरा अझैपनि एउटा चुनौतिको रुपमा हाम्रो सामुमा छ । यद्यपी प्रधानमन्त्रीको हैसियतले मैले लगातार मौद्रिक नीति र वित्तीय नीतिको बीचमा, सार्वजनिक क्षेत्र र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएको छु । केही मात्रात्मक सुधार भएको पनि महशुस भएको छ । तर अर्थतन्त्रको आजको आवश्यकता अनुसारको हाम्रो मौद्रिक नीति, आजको आवश्यकता अनुसारको वित्तीय नीति र आजको आवश्यकता अनुसारको समग्र सोच र कार्यशैलीमा धेरै नै सुधार गर्नुपर्ने आवश्यकता रही रहेको महशुस हुन्छ ।’

प्रधानमन्त्री दाहालले सरकारको पहिलो प्राथमिकता आर्थिक रुपान्तरण भएको बताउनु भयो । उहाँले सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले परिसंघले शुरु गरेको मेक इन नेपाल स्वदेशी अभियान आफैमा महत्वपूर्ण अभियान भएको भन्दै मेक इन नेपाललाई नेपाल सरकारले पनि अपनत्व दिएको बताउनु भयो । उहाँले मेक इन नेपाल अभियानमार्फत औद्योगिककरण उत्पादन वृद्धि स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलिकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट दिगोविकास हासिल गर्न सकिन्छ भन्ने सरकार स्पष्ट रहेको पनि बताउनु भयो ।