९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

प्रधानमन्त्रीको चीन भ्रमणका लागि सांसदहरुले दिए यस्ता सुझाव

प्रधानमन्त्रीको चीन भ्रमणका लागि सांसदहरुले दिए यस्ता सुझाव
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चिन भ्रमणमा नेपाल–चिन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताउनु भयो । उहाँले चीनसँग विद्युत व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताउनु भयो ।

स्तै बिआरआई परियोजनालाई पनि अगाडी बढाउनुपर्ने उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताउनु भयो । त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले चीन, भारत, अमेरिकाजस्ता देशहरुमा जाँदा कुनै अर्को देशलाई बाटो पारेर जानु त्यति उपयुक्त हुँदैन । नेपालबाट चीन भ्रमण जाँदा त्यसको सन्देश बढी राम्रो र गहकिलो जान्छ । अमेरिका हुँदै जादा त्यसको म्यासेज अलि कमजोर हुनसक्छ । हामीलाई कम महत्व दिएको हो कि तेस्रो देश गएर आएको भनेर त्यो देशले महशुस गर्नसक्छ । बिआरआईलाई अगाडी बढाउनुपर्छ । थप सहयोगको क्षेत्र खोल्नुपर्छ । बिजुलीको बजार भारतमा हुँदा उसले भनेको भाउमा बेच्नुपर्ने अवस्था आउनसक्छ । त्यसो हुँदा बिजुलीको बजार चीन, तिब्बततिर पनि खोज्नुपर्छ । ट्रान्समिशन लाइन नेपालको विभिन्न भागबाट चीनतिर कहाँ जोड्न सकिन्छ त्यो सम्भावना खोज्नुपर्छ । ३/४ वटा नाका खोल्नुपर्‍यो । कोरला लगायतका नाका खोल्नुपर्‍यो ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भुमिको सम्बन्धमा पनि कुटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नपर्ने बताउनु भयो । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी राम्रो काम गर्नुहोस् । कोहीसँग हाम्रो सम्बन्ध मित्रराष्ट्रहरुसँग यो सँग र त्यो सँग ढल्किने र पल्किने काम गर्नु हुँदैन हामीले भनेकै छौँ । हामी सबैसँग मिलेर काम गर्न चाहन्छौँ । भ्रमण गर्दाखेरी नेपाललाई हित हुने कामका लागि राम्रो गरेर आउनुस् भन्ने सुझाव दिएका छौँ । प्रधानमन्त्रीले कुटनीतिक रुपमा यो हाम्रो भुमिका बारेमा भारत र चीनसँग पनि सम्वाद गरेर नेपालको भुमिका बारेमा स्पष्ट कुरा गर्नु हुनेछ । भारतजाँदा तेलको कुरा गर्ने, चीन जाँदा रेलको कुरा गर्ने प्रधानमन्त्रीहरु थिए । तेलको पनि, रेलको पनि सबै समस्या समाधान हुनेगरी प्रधानमन्त्रीले कुरा गरेर आउनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताउनु भयो । उहाँले व्यापारको विषयमा पनि छलफल हुने बताउनु भयो । त्यस्तै देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरु हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु भएको बेलामा हामीले नाका खोल्ने बारेमा, व्यापारको बारेमा, केही ठुल्ठुला परियोजनाको बारेमा २० बुँदे हस्ताक्षर भएको थियो । उहाँहरुको पनि चासोको विषय भनेको बिआरआई परियोजना हो । हाम्रो देशको राष्ट्रियतालाई पनि ख्याल पुर्‍याउँदै अरु छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुुमधुर, सन्तुलित रुपमा राख्ने हिसावले चिनियाँ पक्षसँग यसपटकको भ्रमणको बेलामा महत्वपूर्ण विषयहरुमा छलफल हुनेछ । व्यापार, साझेदारको विषयमा गम्भिर छलफल भएर निर्णय हुने आशा गर्न सकिन्छ ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताउनु भयो । नेपालको चुच्चे नक्शाको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरुलाई सो कुराको बोध गराउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुलुक र जनताको हितलाई केन्द्रमा राखेर हामीले चीनसँगका हाम्रा समस्याहरु, विशेषगरी नाकामा समस्या छन् । व्यापारिक समस्या छन् । भौतिक पूर्वाधारमा चिनको सहयोगको अपेक्षासहित व्यवस्थित ढंगले चिनियाँ सरकारसँग हाम्रा कुराहरु राखिन्छ । सीमा सम्बन्धी समस्याहरु छन् । सीमा सम्बन्धी समस्याहरुमा पनि छिमेकी राष्ट्रहरुलाई विश्वासमा लिएर समाधान गर्ने बारेमा राख्ने । चुच्चे नक्शाको कुरामा यो हाम्रो भुमि हो भन्नेकुरा बोध गराउने काम पनि यो पटक एजेण्डाभित्रै पर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्शाको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिनुभयो । उहाँले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चीन भ्रमण जानु अगाडी हामीले भनेका छौँ, चुच्चे नक्शाको कुरा नटुंग्याइ चिन भ्रमण नगए हुन्छ । चिन भ्रमण जाँदै गर्दा प्रधानमन्त्रीज्यूलाई हामीले के भनेका छौँ भने हङकङमा नेपाल एयरलाइन्स पनि जान्छ । त्यहाँको क्याथ एयरलाइन्स पनि छ । ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न पाउँदैन । त्यो जसरी पनि अन्त्य गरेर नेपाल एयरलाइन्स्लाई पनि ट्रान्जिटका प्यासेन्जरहरु बोक्न पाउने नीति बन्नुपर्छ । हङकङस्थित महावाणिज्य दुतावासमा त्यहाँको महावाणिज्य दुतले ४८ हजारभन्दा बढी हङकङ एचकेडी डलरमा कोठाभाडा लिनुहुन्छ तर मकाउमा ४ हजार एचकेडी हङकङ डलरमा कोठा पाइन्छ । त्यहाँ अफिस नराखेर हङकङ र मकाउका जनतालाई सास्ती भोग्नुपरेको छ । त्यो काम तत्काल पूरा गरुन् ।’

शाहीले हङकङस्थित महावाणिज्य दुतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।