१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेट हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागि भएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लाग्नुभएको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले असोज ६ गते चीनका राष्ट्रपति सीसँग भेट गर्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ । चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ ।’

उहाँले चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि बताउनुभयो ।