२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० करोड लगानी गरेर दीपक-दिपाले खोले सिनेमा हल



अ+ अ-

काठमाडौँ । निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।

१० करोड लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको हो ।

शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका चन्द्र ढकाल लगायत वरिष्ठ कलाकारहरुको उपस्थितिमा हलको उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए ।

यस्तै, दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएकामा उनले पचास प्रतिशत निर्मातालाई दिने बताएका हुन् । उनले भने,’ यो हाम्रो पहिलो व्यवसाय हो । आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं । शो बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन । तर चलिरहेको नेपाली फिल्मलाई हटाउँदैनौ ।’

शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो ।  ४ सय सिट क्षमता रहेको उक्त हलमा दुइटा अडिटोरियम रहेको छ ।

हलमा  हलिउड फिल्म ‘द नन २’ र  बलिउड फिल्म ‘जवान’ पनि प्रदर्शन भइरहेको छ ।