२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान : अध्यक्ष गोल्छा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । 

अध्यक्ष गोल्छाले १३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा जोड दिनुभयो । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना सङ्क्रमणको दोस्रो लहरले थप चिन्ता थपेको अध्यक्ष गोल्छाको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौँ । हाम्रो सामु रहेको यो चुनौतीपूर्ण घडीमा सतर्कतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।”

महासङ्घ रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र सङ्घईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडि आउने समस्या र सङ्कटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।  अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाँडै छुट्कारा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।