९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो



अ+ अ-

काठमाडौं । कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु  जोखिममा  परेका  छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ । खाद्यान्न  तथा  तरकारी  पसल  बिहान  ६ः०० देखि  १०ः००  बजेसम्म  र  साँझ  ५ः००  देखि ७ः००  बजेसम्म  खुला  हुन्छन् ।  

खुद्रा  पसलका लागि  तरकारी  तथा  फलफूल  खरिद  गर्न  थोक बजार  कालीमाटी,  बल्खु,  बानेश्वर,  तीनकुने, बागबजार  टुकुचालगायतका  ठाउँमा  जाने  गरेका छन्  त्यसले  गर्दा  बिहान  त्यहाँ  अत्यधिक  भीड हुने  गरेको  छ ।

थोक  बजार  पनि  अघि पछिभन्दा सीमित  समयसम्म  खुल्ने  भएकाले  उपभोक्ताको भीड  अत्यधिक  हुने  गरेको  छ । नेपाल  फलफूल तथा  तरकारी  व्यवसायी  महासङ्घका  अध्यक्ष खोमप्रसाद  घिमिरेले  तरकारी  बजारमा  अत्यधिक भीडका  कारण  जोखिम  बढेको  बताए । सरकारले   तोकेको   मापदण्डअनुसार   बजार सञ्चालन  गरे  पनि  कतिपय  व्यापारीले  त्यो मापदण्ड  पालन  नगरेका  कारण  जोखिम  झनै बढेको उनले बताए ।  गोरखापत्र दैनिकमा छ ।