९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो



अ+ अ-

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् । दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी ९होलसेल र उत्पादक० ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’ खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । साना व्यापारीलाई समस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछ  । कान्तिपुर दैनिकमा छ ।