१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गर्नुभएको छ ।

ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उहाँले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने प्रश्ताव गर्नुभयो ।

बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हीतकर हुने पनि दोहोर्‍याउनु भयो । उहाँले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरुको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भने भारी मात्रामा कटौति गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरुको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङदेनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ । र, सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । सुध्रनुहोस् । रक्तपात वा कुनै पनि बिद्रोह नगरीकन सल्लाहबाट तपाईहरु हिँडेको बाटो सच्याउनुस् । तपाईहरुले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो । त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनु भयो । यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईहरुलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ । अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् ।’

‘त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं । त्यो तपाईहरुकै नेतृत्वमा होस् । अब राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस् । राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं अब । नेपाल जस्तो सानो देशका लागि यति धेरै जनप्रतिनिधि भारी हुन्छ । जुनकुरा हामीले भनिराखेको छौं । संघीयता कार्यान्वयन भएपछि मात्रै कति खर्ब राष्ट्रिय ऋण बढ्यो । अहिले २४ खर्ब पुगिसक्यो । ऋण काढेर, जनतालाई ऋण थोपरेर यति धेरै जनप्रतिनिधि पाल्ने भन्दा उनीहरुको संख्या कटौति गरौं । यो संघीयता भन्ने चिज अधिकारसँग सम्बन्धित हो भने त्यसको नामसँग हामीलाई आपत्ति छैन । ’

अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराउनु भयो । गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उहाँको चेतावनी थियो । अध्यक्ष लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले धर्म निरपेक्षताको नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष लिङदेनले धर्म परिवर्तनको बाटोमा नजान सिंगो देशबासीलाई पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रै देशमा गिद्ध समेत मार्न नपाईने व्यवस्था भइसकेको छ भने गाईगोरु मार्छु, खान्छु, के गर्छस् ? भन्नु त्यो कसैको लागि पनि हीतकर छैन । त्यो गलत काम हो । त्यो दण्डनीय काम हो । त्यसको हामी प्रतिवाद गर्छौंं, बिरोध गर्छौं । र, त्यो कुरा रोक्नुपर्छ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । सरकारले आफैँले निर्माण गरेको कानुनको पालना गराउनु पर्दछ । नत्र भए यसले द्वन्द्व ल्याउँछ । यसलाई कसैले रोक्न सक्दैन । यो द्वन्द्वको बीजको रुपमा यो काम गरिराखिएको छ । परम्परा छ भन्दैमा जे पनि गर्न पाइँदैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकारको सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र हाम्रो एकतामा खल्बल पार्ने कुनैपनि प्रयासको बिरुद्धमा छ । त्यतिमात्रै होइन, आज देशमा जुन प्रकारको धर्म निरपेक्षताको आडमा धर्मान्तरहरु बढिराखेको छ । त्यसतर्फ पनि आम देशवासीको म ध्यानाकर्षण गराउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको बिरोधमा आफूहरु उत्रनुपरेको बताउनुभएको थियो ।