२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभाको विशेष अधिवेशन अन्त्य



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ ।
 
आजै बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेको बताइएको छ । 

यता पोखरेलले एक सांसद माओवादीतिर लागेको सुइँको पाएपछि नयाँ सरकार गठनमा गोलमाल हुने निष्कर्षका साथ हतारहतार प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेको बताइएको छ । 

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गर्नुभएसँग मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको छ।  

दाङबाट प्रदेशसभा ३ खबाट वलीले नेकपाका तर्फबाट उप चुनाव जित्नुभएको थियो । माओवादी र एमाले विभाजित भएपछि उहाँ कता लाग्ने टुंगो नलाग्दै एमालेले उहाँलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । 

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्न पुगेको छ ।