१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङका दुवै छोरा विदेशबाट आइपुगे, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर



अ+ अ-

काठमाडौँ । हृदयाघातबाट निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङका दुवै छोरा विदेशबाट नेपाल आइपुगेका छन् ।

एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको उहाँको पार्थिव शरीरमा दुवै छोराले अन्तिम श्रद्धाञ्जली दिएपछि अहिले उहाँको पार्थिव शरीरलाई बालुवाटारस्थित निवास लगिएको छ ।

सोमबार राति निधन भएका उहाँको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएको बताइएको छ ।

अब निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो ।

नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताउनुभयो ।

सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ। साथै सरकारले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।