५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन तस्करी प्रकरण: भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ



अ+ अ-

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेको सीआईबीले जनाएको छ ।

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्रकार सम्मेलन गर्दै उक्त प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना कर्मचारी पक्राउ परेका जानकारी दिएको हो ।

सीआईबीको अनुसार यस प्रकरणमा भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेका छन्।

फरार रहेका १८ जनाको खोजिकार्य भईरहेको छ उनीहरुलाई खोज्नका लागि सबै विधिहरु अबलम्बन गरिएको डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए । उनले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा सीआईबीले १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।