९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु



अ+ अ-

काठमाडौँ । पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो । योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ ।

मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताउनु भयो । उहाँले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाको लागि यत्रो जघन्य रोगका बिरुद्धमा हामी यो भ्याक्सिन दिँदैछौं । नेपालको इतिहासमा सबै भन्दा महिलाको सेवा गरी आएको अस्पताल यही अस्पताल हो । त्यसकारणले यसको ऐतिहासिकता र यसले गरेको योगदानको आधारमा हामीले प्रसुती गृह अस्पतालबाटै यो शुरुवात गर्नु यो न्याय हुन्छ भनेर यहाँबाट शुभारम्भ गर्ने भनेर हामीले निर्णय गर्‍यौं । अब यसमा दुर्गम जिल्ला र प्रदेशलाई पनि हामीले हेर्नुपर्‍यो । मधेस त्यस्तै छ । त्यसैले जति पुग्छ, सात वटै प्रदेशबाट शुरु गर्ने र हामीले हाम्रो मन्त्रालयले सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने हिसावले सात वटै प्रदेशमा गर्नुपर्छ भनेर आज कर्णाली प्रदेशमा चाहीँ संघीय अस्पताल नभएको कारणले सुर्खेतबाट र अरु संघीय अस्पतालहरुबाट आज शुरु हुँदैछ ।

यो अत्यन्तै जटिल रोग, जटिल समस्या र यसलाई जति न्युनिकरण गर्दा पनि अझै भयावह देखिएको अवस्था भएको हुनाले यो रोग नलागोस भन्नका लागि जुन हामीले अहिले सिमित रोगको सिमित साधनको हिसावले शुरुवात गरेका छौं । म के पनि निवेदन गर्न चाहन्छु भने उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप हो । यो सबै ७७ वटै जिल्लाका सबै महिलाहरुले पाउनुपर्दछ । सबै किशोरीहरुले पाउनुपर्दछ । र, यसका लागि नेपाल सरकार अथवा स्वास्थ्य मन्त्रालयले पनि यसको पहल गर्छ । उहाँहरुले पनि २०२४ बाट हामीलाई सहयोग गर्नुहुन्छ । र, यो निकट भविष्यमा नेपालका किशोरीहरुले यो भ्याक्सिन पाउनुपर्ने हुन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय दृढताका साथ अगाडि बढछ ।’

मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताउनु भयो । सो अस्पतालमा अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।