७ पुष २०८१, आईतवार
,
Latest
रामेछापमा धमाधम जुनार बिक्री आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटनाः तीन जना घाइते एआईबाट भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै गायिका समीक्षाबाट उजुरी पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्यो– सुदूरपश्चिमका प्रशिक्षक टमटा मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्ः जनकपुरका प्रशिक्षक पुबुदु एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी प्रधान सेनापति सिग्देलबाट पूर्वी पृतना मुख्यालयको निरीक्षण प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीले दियो ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

सीआईबीले आज गरेको पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी गरी ३२ जनालाई पक्राउ गरिसकिएको जानकारी दिनुभयो ।

सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार रहेका छन् । पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार परिसर बाहिर सुन बरामद गरी १९ दिनसम्म अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि सीआईबीले साउन २२ गते यो मुद्दालाई प्राप्त गरेको थियो ।