• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

धरानमा ‘ग्याङ फाईट’, उपमेयरका भाइसहित ८ जना पक्राउ



विराटनगर । धरानमा मङ्गलवार भएको ‘ग्याङ फाईट’मा सङ्लग्न रहेको आरोपमा प्रहरीले उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई नियन्त्रणमा लिएको छ ।

बेघा सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुतपिट गरेको आरोपमा उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

सुरुमा विष्णुको समूहले सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । पछि फेरी सन्देशको समूहले उपमेयरका भाई विष्णुलाई घरैमा गएर कुटेको थियो ।

पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने धरानका डीएसपी नवराज मल्लले बताए ।

विष्णुको समूहबाट कुटपिट भएका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यता, विष्णुको पनि टाउको र अनुहारमा चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनलाई पक्राउ गरेको छ । प्रहरीले विष्णुको ग्याङबाट उनीसहित बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ भने सन्देशको ग्याङबाट अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ ।