काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी सांसदहरुले शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै हस्ताक्षर संकलन गरेका छन् ।
उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाउँदै अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गरेका हुन् ।
४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका हुन् ।
पोखरेललले आफ्नो पक्षमा रहेका भनेकामध्ये एकजना सांसदले माओवादी केन्द्र रोजेको, एकजनाले राजीनामा दिएका र दुईजनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको उनीहरुको ठम्याई छ ।











