४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलको उपाधि कलेज अफ बायोमेडिकललाई



अ+ अ-

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले जितेको छ । सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा भएको फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । २ गोलले पछि परेको कलेज अफ बायोमिडकलले उत्कृष्ट कमब्याक गर्दै निर्धारित ६० मिनेटको खेलमा ६–५ ले उपाधि जित्न सफल भयो ।

बायोमेडिलका तर्फबाट विप्लव थापा एक्लैले ४ गोल गर्दा मन्जील श्रेष्ठ र मनिष मगरले एक एक गोल थपेका थए । काष्ठमण्डपका लागि सुजन थापाले २ गोल गर्दा विकास महर्जन, सन्जीत क्षेत्री र कृष्ण दुलालले एक एक गोल थपेका थिए । उपाधि विजेता बायोमेडिकलले नगद १ लाख प्राप्त गर्दा उप विजेता भएको काष्ठमण्डपले ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगिता अवधिभर बायोमेडिकलका विप्लव थापाले सर्वाधिक गोल गर्दै उपाधि जिते । उनले ४ खेलमा १५ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षकको उपाधि पनि बायोमेडिकलकै प्रज्वल प्याकुरेलले पाउँदा उत्केष्ट खेलाडीको अवाड पनि बायो मेडिकलका कृष्ण दुलाल घोषित भए । विधागततर्फ पनि उत्कृष्ट खेलाडीहरुले नगद पुरस्का पाएका छन् ।

कार्यक्रममा आयोजक विराटनगर सिटी फुटबल क्लबका सिइओ सुवाशीस कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रण वालेन्दु हमाल, विश्वविद्यालयकै अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी दिर्नेशक सञ्जेश प्रसाद कोइराला, सह परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, सह प्राध्यापक तीर्थ सापकोटा, आर्थिक प्रशासन प्रमुख खगेन्द्र राज ढकाल, विनय भट्टराई, पियू क्यानका शम्भु दाहाल, नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरब बस्नेत, विराटनगर सिटी एफसीका विक्रम पौडेल क्षेत्री, नेपाली कांग्रेसका युवा नेताहरु प्रभातमणी ओझा (प्रविण), प्रविन निरौला, लेखक एवं गीतकार विपिन किरण, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का जनप्रतिनिधिद्वय सन्तोष ढुंगेल र अनिल श्रेष्ठ लगाएतले पुरस्कार वितरण गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले यो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल एजुकेसन कन्सलटेन्सी, एपी फिज र फ्रुटी, कोका कोला, वेन्चवामर, कयो, काप, बयोधा हस्पिटल, द आस्थिक कर्पोरेट, टीसी वान, कान्डुका, नेप्लेज डटकम र भेन्यु पार्टनरको रुपमा अर्किड कलेज रहेका थिए ।