२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता



अ+ अ-

काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उहाँको अप्रत्याशित निधन भएकामा दु:ख व्यक्त गरेका छन्, उहाँले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेल्नुभएको भूमिकाको स्मरण गर्न भुलेका छैनन् ।

श्रद्धाञ्जलि दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता हुनुहुन्थ्यो । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उहाँका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदाना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जलि दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्कनुभयो ।

श्रञ्द्धाजलि दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सक्नुभएन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उहाँकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्कनुभयो । यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन ।

नेम्वाङको योगदान र उहाँको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उहाँलाई श्रद्धाञ्जलि दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिकरुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जलि दिनुभयो । श्रद्धाञ्जलि दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलिका लागि च्यासल पुग्नुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल र छोरी अवज्ञा पौडेलले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जलि दिई एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट गर्नुभएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलो संविधानसभा असफल भएपछिको दोस्रो संविधानसभामा पनि नेम्वाङ अध्यक्ष नहुनुभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गर्नुहुन्छ । पोखरेलले भन्नुभयो, ‘‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो ।’’

पूर्वसभामुख एवं नेकपा ९माओवादी केन्द्र० का नेता अग्निप्रसाद सापकोटाले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि आफ्ना स्मरण सञ्चारकर्मीमाझ पस्कँदै भन्नुभयो, ‘‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ ।’’ उहाँले ‘नेम्वाङलाई आफूले राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन एक बहुआयामिक व्यक्तिका रुपमा बुझ्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहनुभएको उल्लेख गर्र्दै भन्नुभयो, ‘‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो ।’’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उहाँकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उहाँको साझा व्यक्तित्व झन् उजेलिएको थियो । त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो ।

नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताउनुभयो ।

एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गर्नुभयो । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताउनुभयो ।

सोही पार्टीका सांसद् सूर्य थापाले नयाँ पिँढीलाई राजनीतिमा सधैँ प्रोत्साहन गर्ने नेताका रुपमा नेम्वाङलाई सम्झिनुभयो भने स्वतन्त्र सांसद् डा अमरेशकुमार सिंह नेम्वाङको निधनबाट निष्ठाको राजनीतिमा लामो समय उहाँको अभाव खड्किने उल्लेख गर्नुभयो । नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एमाले केन्द्रीय कार्यालयमा बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उहाँको पार्थीव शरीर राखिने छ । रासस




भर्खरै